खुमबहादुरको मृत्युमा बामदेवले लेखे यस्तो भावुक पत्र

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काकाे मृत्युमा विभिन्न नेताहरुका फरक फरक भावभङ्गीमा अाफ्ना प्रतिक्रिया बाहिर ल्याएका छन् ।

राजनीतिक जीवनभर निकै अालाेचित भएका खड्काकाे जब निधन भयाे त्यसपछि उनीप्रति जनाइएका सहानुभूति र प्रशंसाकाे चर्चा हुन थालेकाे छ । खड्काका समर्थक र उनकाे पार्टीका नेताहरुले उनीप्रति निकै बढी सहानुभूति जनाएका छन नै उनका अालाेचकहरुले समेत उनकाे प्रशंसा गर्न थालेका छन् ।

यसैक्रममा नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री वामदेव गाैतमले गरेकाे टिप्पणी बढी चर्चामा अाएकाे छ । वामदेवले एक मार्मिक र भावुक श्रद्धाञ्जली पत्र लेखका छन् । उपचारकाे क्रममा भारतकाे एपाेलाे अस्पतालमा खड्काको निधन भएको खबर थाहा पाउनासाथ गौतमले श्रद्धाञ्जली पत्र लेखेका हुन् । खड्का र आफ्नो हक्की स्वभाव समान रहेको भन्दै गौतमले लेखेका छन् ।

काँग्रेस नेता खडकाले २०५४ सालमा एमाले फुटाउन गौतमलाई आफूले पनि साथ दिएको हाकाहाकी बताउँदै आएका थिए । गौतम र खड्काबीच कुनैबेला निकै घनिष्ठ सम्बन्ध थियो ।

बामदेवले अाफ्नाे श्रद्धाञ्जली पत्रमा खुमबहादुर निकै हक्की स्वभावकाे भएकाे बताएका छन् । साथै उनले कहिले लड्ने र कहिले मिल्ने क्षमता भएकाे बताएका छन् । याे पत्रमा गाैतममा एक खालकाे पीडा रहेकाे थाहा हुन्छ ।

यस्ताे छ बामदेवकाे श्रद्धाञ्जली पत्र

खुमबहादुर खड्का,
कहिले लड्यौ – कहिले मिल्यौ
हकी स्वभाव समान थियो
आज तिमी बिदा भयौ संसारबाट
श्रद्धाञ्जली तिमीलाई !

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । खड्काले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेकाे दावी गर्दै देउवाले अाफू स्तब्ध भएकाे बताएका छन् । खड्काले लामो समय प्रवास र जेल जीवन व्यतित गरेकाे, पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा जीवनपर्यन्त अनवरत संघर्ष गरेकाे देउवाले बताएका छन् । खडकाकाे निधनले सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको पनि देउवाले बताएका छन् ।

त्यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेल खड्का सिद्धान्त, संगठन र संघर्षको छवि बनाएर जीवनपर्यन्त लोकतान्त्रिक आन्दोलनमा लागेकाे बताएका छन् ।

खड्काकाे भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५ः१५ बजे निधन भएको थियो । उनी मिर्गौला, छाती र नसासम्बन्धी समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उनलाई नयाँ दिल्ली लगिएको थियो ।

Loading...