कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत ।

नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ।

भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् ।

मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए।

को हुन् खुमबहादुर खड्का ?

दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । उनी धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् ।

मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो ।

पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको थिए ।

२०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो ।

२०६३ मा विशेषले सफाई दिएपछि उनी फेरी राजनीतिमा आए । कांग्रेसको १३औँ महाधिवेशनमा उनले देउवालाई सभापति बनाउनु महत्वपूर्ण भुमिका खेलेका थिए ।

Loading...