अस्थायी शिक्षकको परीक्षा स्थगित !

काठमाडौं, १६ चैत्।

अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । यही चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको हो ।

परीक्षाको विद्यार्थी संगठनहरुले विरोध गर्दै अाएका थिए । विद्यार्थीहरुले भोलिबाट अनिश्‍चितकालिन शैक्षिक हडतालको घोषणा गरेका थिए । शिक्षक सेवा अायोगले शुक्रबार एक विज्ञप्ति जारी गरेर परीक्षा स्थगित गरेको हो ।

अस्थायी शिक्षकहरुको लामो संघर्ष पछि सरकारले स्थायी गर्ने गरी शिक्षा ऐन–२०२८ को नवाैँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन तयारी गरेको थियो । उक्त एेनको विद्यार्थी संगठनहरुले विरोध गर्दै अाएका थिए ।

परीक्षा स्थगित भएसँगै शिक्षकहरुले फेरि अान्दोलन गर्न सक्ने अनुमान गरिएको छ ।

यस्तो छ परीक्षा स्थगित गर्न अायोगले जारी गरेको सूचना

Loading...