सम्पदा मैत्री ब्यापारीक भवन बन्दै

 

काठमाडौं, चैत १६ गते । न्यूरोडस्थित नेपालकै पहिलो सम्पदा युक्त ब्यापारिक भवन भन्ने भएको छ ।’ महर्जन कम्प्लेक्स ‘ नाममा बन्ने यो भवनले बिश्वो सम्पदामा सूचीकृत बसन्तपुर हनुमान ढोका दरवार क्षेत्रको मौलिक स्वरुपलाई अझै नयाँ आकर्षण थपिने महर्जन बिजनेस एसोसियेट प्रा लि का संचालक कृष्ण लाल महर्जन बताउनु भएको छ । यो संगै बसन्तपुर दरबार क्षेत्र मा जिर्णाेद्धार गरेको नासः द्यः (नाट््येश्वर) मन्दिर बिहीबारदेखि पुनः खुल्ला गरिएको छ ।

महाभूकम्पमा परी क्षतिपुगेको सार्वजनिक मन्दिरलाई पूरातत्व विभागको स्विकृतिमा मौलिक नेपाली शैलीमा जिर्णाेद्धार गरिएको हो । मन्दिरका भित्ताहरु पनि भूकम्प प्रतिरोधात्मक बनाइएको छ भने ऐतिहासिक मूर्तिलाई संरक्षण गर्न नेवारी शैलीमा कलात्मक ढोकाहरु पनि राखिएका छन्् ।

यस मन्दिर यसअघि बेवारिसे अवस्थामा रहेकोमा भूकम्पपछि महर्जन विजनेस एसोसिएट््सले सँगैको घर खरिद गरेपछि यसलाई जिर्णाेद्धार गर्दै नयाँ भवन बनाउँदै आएको छ ।

निजी कुमारीको मूर्ति भवन भित्र रहेको र मापदण्ड विपरित भवन निर्माण गरेको भन्दै केही ब्यक्तिहरुले दुःख दिएको दुखेसो जिर्णाेद्धार गर्नुभएका ब्यक्ति कृष्णलाल महर्जनले पोख्नुभयो ।

मापदण्डमा रहेको भवनमा आर्थिक रुपमा फाइदा उठाउन चाहने केही ब्यक्तिहरुले सरकारी कामकार्वाहीमा वाधा पु¥याए पनि नासः द्यःको कृपाले आफ््नै पक्षमा आएको खुसीमा नासः द्यःको पूजा गरेको बताउनुभयो ।

करिब १५ लाख रुपियाँको लागतमा जिर्णाेद्धार गरिएको उक्त मन्दिरसँगै रहेको ब्यापारिक प्रयोजनको लागि निर्माण गरिएको महर्जन बिजनेस एसोसिएट््सका पसलहरु बुकिङ््ग चाँडै खुल्ला गरिने सञ्चालक महर्जनले जानकारी दिनुभयो ।

युनेस्कोबाट पनि स्विकृति पाएको मौलिक आकारको भवनमा करिब ६० वटा पसल रहनेछ । महर्जन विजनेस एसोसिएट््सले आफ््नौ मौलिक भवन सार्वजनिक पनि गरेको छ ।

मन्दिर खुल्ला कार्यक्रमपछि आयोजित प्रसाद ग्रहण कार्यक्रममा सांसदद्वय कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, काठमाडांै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । विहान पूजा सम्पन्न भएपछि दिउँसो साढे ४ बजेदेखि सातबजेसम्म करिब पन्ध्रसय शुभेच्छुक र दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्न भएको बताइएको छ ।

महर्जन विजनेस एसोसियट्ससले सार्वजनिक गरेको नयाँ भवनले समाजमा केही ब्यक्तिहरुले फैलाएको कुप्रचारबारे स्पष्ट भएको प्रसाद ग्रहणमा पुग्नुभएका लाजिम्पाटका नरेशकाजी शाक्यले प्रतिक्रिया दिनुभयो ।

 

Loading...