रङ्गिन साँझ -२ मा लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउँदै

नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको रङ्गिन साँझ-२ सांगीतिक कार्यक्रमको लागि लोकगायक कुलेन्द्र बिक र गायिका रिता केसी जापान आउने भएका छन ।

लोकसंगित प्रेमी जापानबासी नेपालीहरुलाई मनोरन्जन प्रदान गर्न जापानको टोकियोमा अप्रिल १५ तारिख आइतबारका दिन रंगिन साँझ कार्यक्रमको आयोजना गरिएको छ ।

टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा आयोजना गरिएको उक्त कार्यक्रममा जापानमै रहेका नेपाली स्थानिय कलाकारहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

स्थानिय कलाकारहरुमा रामकृष्ण बम मल्ल , सुर्य खड्का र युवराज आचार्य लगायतका कलाकारहरुको सहभागिता रहनेछ ।रङ्गिन संसार डटकमले आयोजना गर्न लागेको यो दोस्रो कार्यक्रम हो ।

पहिलो पटक जापान आउने तयारीमा रहेका लोकगायक कुलेन्द्र बिक कार्यक्रम भव्य हुनेमा आशावादी रहेको बताउछन । करिब ४ हजारभन्दा बढी लोक तथा दोहोरी गीत गाइसकेका गायक कुलेन्द्रका ‘नजाउ है सानु पधेरिमा,मन परेरै हो कि, ‘देउराली भाके है,जय जय होस्’ लगायत धेरै गीतहरु चर्चित छन ।

त्यस्तै दोस्रो पटक जापान आउने तयारीमा रहेकी गायिका रिता केसी पनि उत्साहित छिन । लोक, आधुनिक, चलचित्र सबै खालका गीत गाउन सक्ने भर्साटाइल गायिका रिता पनि जापानको भिषा पाएपछि उत्साहित छिन् । गायिका रिताले फेसबुकमा, जाउला कान्छी , बिन्दास पारामा लगायत २५० भन्दा बढी गीत गाइसकेकी छिन ।

नयाँ वर्षको शुभकामना सहित मनोरन्जन लिन उक्त कार्यक्रममा सहभागी भई दिन आयोजकले जापानबासी नेपालीलाई अनुरोध पनि गरेको छ।

Loading...