पश्चिमी वायुले उपत्यकासहित विभिन्न स्थानमा बद्ली र वर्षा

काठमाडौं, १६ चैत ।

पश्चिमी वायुको प्रभावले शनिबार रातीदेखि शुक्रबारसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ । उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीको भनाइ छ ।

काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । नगरकोटीका अनुसार अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने सम्भावना छ । पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ ।

Loading...