उत्तरकोरियाली नेता किमको वेइजिङमा भव्य स्वागत, सी जिन पिङसँग उच्च भेटघाट

काठमाडाैं । संसारकै ध्यान खिचिरहेका उत्तरकाेरियाली सर्वाेच्च नेता किम जाेङ उनले पहिलाे पटक चीनकाे भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि पहिलाे पटक विदेश यात्रा गरेका उनलार्इ चीनमा भव्य स्वागत गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले किम जाेङ उनलार्इ गरेकाे स्वागतसँगै उता अमेरिकाले के प्रतिक्रिया दिन्छ भन्ने धेरैले चासाे राखेका छन् । 

उत्तरकाेरियाली नेता उनसँग चिनियाँ राष्ट्रपति सी जिनपिङले भेट गरेका छन । दुर्इ नेताका बीच भएकाे भेटघाटकाे फाेटाे पनि सार्वजनिक भएका छन् । याे समाचार सबैभन्दा पहिले जापानकाे एक संचारमाध्यामले बाहिर ल्याएकाे थियाे । पछि चिनियाँ समाचार संस्था सिन्ह्वाले याे समाचारलार्इ पुष्टि गरेकाे छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार उन एक विशेष रेलमा चढेर चीनमा पुगेका थिए । राजधानी बेइजिङमा उनलार्इ भव्य स्वागत गरिएकाे थियाे ।

सिन्ह्वाकाअनुसार उत्तर कोरियाली कूटनीतिक रेल चढेर बेइजिङ पुगेका उत्तर कोरियाली नेता उनले कडा सुरक्षाबीच चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेको जनाएको छ। सो भ्रमणको चीन तथा उत्तर कोरियाका अधिकारीले समेत पुष्टि गरेका छन्।

सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो । उसले ती उच्च अधिकारी अरू कोही नभएर सर्वोच्च नेता किम जोङ–उन नै भएको दाबी गरेको थियो।

दक्षिण कोरियाले उक्त व्यक्तिको परिचय प्रस्ट नभइसकेको दक्षिणका अधिकारीले जनाएका थिए । तर ‘सावधानीपूर्वक वस्तुस्थिति नियालिरहेको’ उसले जनाएको थियो । चीन उत्तर कोरियाको एकमात्र अार्थिक साझेदार राष्ट्र हो।

सन् २०११ मा उत्तर कोरियाको शासन सञ्चालन गरेका किमको यो पहिलो भ्रमण हो। उक्त भ्रमण बारे उत्तर कोरियाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर चिनियाँ विदेश मन्त्रलायले भने ‘तत्कालका लागि कुनै सूचना नभएको’ बताएको थियो । उसले केही समयभित्रै यसबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । किम जोङ–उनको चीन भ्रमणलाई निकै महत्त्वपूर्ण घटनाको रूपमा हेरिएको छ ।

गतमहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग वार्तामा बस्ने प्रस्ताव स्वीकार गरेका थिए ।

जटिल कूटनीतिक आवश्यकताका कारण अधिकारीले पर्दापछाडि काम गरिरहेको हुन सक्ने बीबीसीले जनाएको छ । यसअघि उत्तर कोरियाली र चिनियाँ नेताबीच भेटवार्ता हुन सक्ने विश्लेषकले बताएका थिए । चीन उत्तर कोरियाको प्रमुख आर्थिक तथा कूटनीतिक साझेदार हो ।

टोकियोस्थित निप्पोन न्युज नेटवर्कले किम चढेको भन्दै पहेंलो रेखा कोरिएको हरियो रंगको रेलको दृश्य प्रसारण गरेको हो । तर दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुराकानी गर्दै विश्लेषकले उक्त उच्च अधिकारी किम जोङ–उनकी बहिनी किम यो–जोङ पनि हुन सक्ने बताएका थिए। उनले दक्षिण कोरियामा हालै सम्पन्न हिउँदे ओलम्पिकमा सहभागी हुने उत्तर कोरियाली टोलीको नेतृत्वसमेत गरेकी थिइन् ।

सन् २०११ मा बेइजिङ भ्रमणका क्रममा किमका पिता एवं उत्तर कोरियाली पूर्वप्रशासक किम जोङ–इलले प्रयोग गरेको जस्तै रेल देखिएको निप्पोनले जनाएको थियो ।

Loading...