रानीमहल होटलका सञ्चालक पक्राउ, महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप

काठमाडौं, १४ चैत ।

काम गर्न होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।

काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो।

होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा दायर गरेको समेत प्रहरीले जनाएको छ।

Loading...