मर्नुअघि यी युवाले बनाए आफ्नै अनौठो भिडियो र त्यो भिडियो एक हप्तासम्म मिडियामा राख्न यस्तो बिन्ती

काठमाडौं । मानिसहरु चर्चामा अाउन या मिडियामा अाउनको लागि अनौठा कार्यहरू गरेको त पक्कै सुन्नुभएको होला तर आफु चर्चामा अाउन र हरेक अखबारको फ्रन्टपेजमा अाफ्नो फोटो छाप्ने चाहनाका लागि ज्यानै दिएको घटना कमै सुन्नु भएकाे हाेला । धेरैले सुन्नुनै भएकाे छैन हाेला पनि ।

तर भारतमा एक युवकले त्यस्तै गरेका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार न्यूज च्यानलहरुमा चर्चामा अाउनको लागि भारत मेहन्दीपुरको बालाजीमा एक युवकले आत्महत्या गरेका छन् ।उनले रुखमा झुण्डिएर अात्महत्या गरेका हुन् ।

ति युवकले मर्नुभन्दा अगाडी आफ्नो मोबाइलमा एउटा भिडियो बनाएका थिए । जसमा उनले आफ्नो अन्तिम इच्छा यस्ताे छ भनेर सुनाएका थिए । उनकाे अन्तिम इच्छा भनेकाे मरेपछि सबै न्यूज पेपरमा आफ्नो फोटो र हरेक न्यूज च्यानलमा अाफ्नाे भिडियो देखाइयोस् भन्ने थियो । तर उनले किन यस्ताे गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेकाे छ ।

अाखिर त्यो भिडियो मृतक अाफैले बनाएको हो या कसैको दबाबमा अाएर यस्तो गरिएको हो भन्ने बारेमा जनकारी लिन प्रहरीले अाफ्नाे काम गरिरहेकाे छ ।

भारतको मेहन्दीपुर बालाजी पुलिस चौकीका अनुसार मृतक मुकेशले रेकर्ड गरेको भिडियोका अनुसार उनले अाफु उक्त मृत्युको पछाडी कोहि जिम्मेदार नरहेको बताइएको छ । उनलाई कसैसँग कुनै त्यस्तो किसिमको अापत्ती नरहेको र आफु खुसीले मृत्युलाई रोजेको देखिएको छ । ति युवक दिल्लीमा बस्दै अाएका थिए ।

हेर्नुहोस् भिडियो

उनि दिल्ली किन अाएका थिए ? त्यहाँ के भएको थियो भन्ने आधारमा पुलिसहरुले यस घटनाको छानबिन गरिरहेको समेत बताइएको छ । यो भिडियो केही समय अगाडीको भएपनि सामाजिक संजालमा निकै भाइरल भएको छ ।

Loading...