शेयर बजारको विषयलाई लिएर संसद बैठकमै बबाल…

काठमाडौं, १३ चैत ।

शेयर बजारमा निरन्तर आइरहेको गिरावटका विषयमा संसदमासमेत कुरा उठेको छ ।

राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले शेयर बजारमा भइरहेको गिरावटबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘शेयर बजारमा धनीहरूले मात्र होइन, साना लगानीकर्ताले पनि किन्छन्, अर्थमन्त्रीका भाषणले भइरहेको भन्ने कुरा आएको छ,’ अधिकारीले संसदमा भने, ‘शेयरको लगानी अनुत्पादक मानिने हो भने शेयर बजार नचाहिने हो भने सरकारले भनोस् ।’

अर्थमन्त्रीको अभिव्यक्तिका कारण शेयर लगानीकर्ताको विजोक भइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

Loading...