यसकारण प्रधनमन्त्री ओली भारत भ्रमणमा जादैछन्, आफै खोले रहस्य !

काठमाडौं, १३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले छिटै भारत भ्रमण गर्न लागेको बताएका हुन्। उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने खुलाएनन् ।

पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने- ‘छिमेकीसँग मित्रताबाहेक अर्को उद्देश्य छैन । म कमिटेड छु । चीनसँगको मित्रता अत्यन्त सुदृढ गर्नुछ। भारतसँगको मित्रता अत्यन्त सुदृढ गर्नुछ। म भारत जाँदैछु’,उनले भने, ‘कतिपय मान्छेहरुलाई लाग्दो हो भारत र केपी ओली भनेको यस्तो चिज हो कि…अचम्म मान्दा हुन् मान्छेले तर त्यस्तो हुँदैन । यो दुई देशबीचको कुरा हो ।’

भारतसँगको मतभेद स्मरणा गर्दै उनले संविधान जारी गर्ने मामिला भारतले स्वीकार्न नसक्दा असहज स्थिति बनेको उनले बताए । अहिले ती कुराहरुलाई भारतले स्वीकारिसकेको प्रधानमन्त्रीको दाबी थियो ।

‘जहाँ उसलाई स्वीकार्न अप्ठ्यारो भएको थियो खस्रो त त्यहाँ न हो । मतेभद त्यहाँ न हो । हामी संविधान जारी गर्न खोज्ने उनीहरु नगराउन खोज्ने, हामी संविधान बनाउन खोज्ने उनीहरु नबनाउन खोज्ने, त्यसमा मतभेद भएको थियो’, ओलीले भने, ‘अब संविधान आइसक्यो । संविधानअनुसार चुनाब भइसक्यो । अब यो लफडा त गर्नुछैन । अब यसमा मिलेर जाने भनेपछि कुरै सकियो ।’

ओलीलाई भारत भ्रमणको निम्तो दिने सुष्म स्वराज नेपाल आएकी थिइन् ।

Loading...