बैदेशिक रोजगार विभागका कर्मचारीले मन्त्रीको निर्देशन नै टेरेनन् !

काठमाडौं, ११ चैत ।

दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन बैदेशिक रोजगार विभागका कर्मचारीले उल्लंघन गरेका छन् ।

उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे । निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए ।

मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए । यस विषयमा मन्त्री भने चुपचाप छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Loading...