विभिन्न कला र साहित्य प्रस्तुत गर्दै वसन्त उत्सव सम्पन्न

काठमाडौँ, १०चैत्र । काठमाडौं असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

गुथिले आज काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो । सोहि कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर २५ बाट अध्यक्षमा निर्वाचित नीलकाजी शाक्य र वडा नम्बर २७ बाट अध्यक्षमा निर्वाचित चिनियाँमान बज्राचार्यलाई पनि बधाई सहित सम्मान गरीएको थियो । सम्मानित तिनै व्यक्तित्वलाई गुथिका संस्थापक अध्यक्ष कृष्णमान तुलाधरले दोसल्ला ओढाइ सम्मान गर्नुभयो भने गुथिका वर्तमान अध्यक्ष उपेन्द्रकाजी शाक्यले अभिनन्दन पत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सम्मानित वडाध्यक्षद्वय शाक्य र बज्राचार्यले काठमाडौंको प्राचीन बजार असनलाई अब आधुनिकीकरण तर्फ लग्दै यसको पराम्परागत पहिचानलाई पनि संरक्षण गर्नुपर्ने बताउनुभयो । काठमाडौंकै पर्याय जस्तो बनेको यहाँको प्राचीन वस्ती असनका परम्परागत संस्कृति, सम्पदाको अध्ययन अनुसन्धान गर्दै यसको संरक्षण गर्नको लागी आफुहरु अगाडी बढ््ने प्रतिवद्धता शाक्य र बज्राचार्यले व्यक्त गर्नुभयो ।

सोभन्दा अगाडि असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरले पानसमा बत्ती बाल्दै कार्यक्रमको औपचारीक उद््घाटन गर्नुभएको थियो । कार्यक्रममा गुथिका अध्यक्ष उपेन्द्रकाजी शाक्यले स्वागत गर्नुभएको थियो भने गुथिका सचिव अमुलकाजी तुलाधरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीको साथै कविता वाचन र प्रहसन पनि प्रस्तुत गरीएको थियो । सांस्कृतिक प्रस्तुतीको क्रममा १५० वर्ष पुरानो दाफा भजनको साथै मृदंग भजन, ज्ञानमाला भजन, मोडर्न नेवाः इंगलिस स्कूलका विद्यार्थीहरुको नृत्य, ज्याज संगीतमा कत्थक डान्स पनि प्रस्तुत गरीएको थियो । साथै इमेज च्यानलको लोकप्रिय नेपालभाषाको कार्यक्रम समयबजिको प्रहसन, भीम तुलाधर, प्रवेशमान शाक्य लगायतका लोकप्रिय गायकहरुको पनि गायन प्रस्तुति रहेको थियो ।

स्थानीय भाषा, कला, संस्कृतिको संरक्षणको साथमा स्थानीय नवप्रतिभालाई उजागर गर्ने उद्देश्यले गुथिले भिन्तुना वसन्त उत्सव कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक विद्यासागर तुलाधरले जानकारी दिनुभयो । गुथिले यो भन्दा अगाडी नेपाल सम्वत ११२९, ११३०, ११३१ र ११३६ मा पनि वसन्त उत्सव कार्यक्रमको आयोजना गरीसकेको छ । यसको साथमा गुथिले नेपालभाषाको उत्थानमा योगदान पु¥याउने भाषासेवीको चित्र अंकित सिक्काको निष्कासन पनि हरेक वर्ष गर्दै आएको छ ।

Loading...