सातामा चार बलात्कारः किन हुन्छ बलात्कार? ३ कारण यस्ता छन्

बर्दिया, १० चैत ।

 बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइजनालाई पक्राउ गरेको छ ।

गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, गत शनिबारयता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएको र दुईवटा मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीके भनाइ छ ।

माया प्रेममा धोका, मदिरा सेवन र सामाजिक सञ्जालको दुरुपयोगले बलात्कारका घटना बढेको प्रहरीको विश्लेषण छ ।

Loading...