लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा

काठमाडौ, ९ चैत ।

कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन ।

‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ सहकार्य गरेर अगाडि बढ्ने हो’, मन्त्री शाहीले भने ।

रारामा बोटिङ सञ्चालन गर्न चाहने पयटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा समेत मन्त्री शाही गरे। आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कर्णाली प्रदेशमा प्याराग्लाइडिङ, र्‍याफ्टिङ, होटल र रेस्टुरा तथा ठूलो होटल खोल्नको लागि आवश्यक नीतिनियम बनाउने र लगानीकर्तालाई सहज बनाउने मन्त्री शाहीले बताए ।

Loading...