पश्चिमी वायूको प्रभावका कारण देशका केही भागमा पानी र हिमपात

काठमाडौं, ८ चैत ।

पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ ।

दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका केही क्षेत्रमा अहिले पनि परेको महाशाखाले जनाएको छ । यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा १७ मिलिमिटर पानी परेको छ । हुम्लामा भने राति देखि नै हिमपात भइरहेको छ ।

पश्चिमी वायूकै प्रभवका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा पनि मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।

Loading...