सुन चाँदीको भाउ बढ्यो, कति छ तोलाको ?

काठमाडौं, ८ चैत ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Loading...