आफ्नै विद्यार्थी बलात्कार गर्ने ‘हेड मास्टर’माथि नेकपाले यसरी गर्‍यो कारवाही !

काठमाडौं, ७ चैत ।

आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ । रामेछापको नामाडी बेतालीस्थित  श्री जनजागृती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोबिन्द खत्रीमाथि नेकपाले कारवाही गरेको हो ।

सोहि विद्यालयमा ८ मा अध्ययनरत १४ बर्षिया छात्रालाई खत्रीले पटकपटक बलात्कार गरेको भन्दै कालोमोसो दलेको छ भने भौतिक कारवाही समेत गरेको बताईएको छ ।

पिडित पक्षको उजुरीपछि बुधबार दिउसो विद्यालय हातामै पुगेर नेकपाले खत्रीमाथि कारवाही गरेको नाम बताउन नचाहाने १ जना प्रत्यक्षदर्शीले त्यहाँबाट संचारकेन्द्रलार्इ जानकारी दिए ।

खत्रीमाथि नेकपाले जनकारवाही गरेको खबर सुनेर स्थानीय खुसी भएको समेत उनले बताए । घटनाबारे थप बिबरण आउन बाकीं छ ।

खत्रीमाथि कारवाही गरेपछि नेकपाले निकालेको वक्तव्य

Loading...