गभर्नर पदका लागि चुनाव लड्ने तयारीमा पूर्व फुटबल स्टार

काठमाडौं, ६ चैत ।

ब्राजिलिका पूर्व फुटबल स्टार रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् । ब्राजिलियन तटीय शहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागू औषध दुव्र्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ ।

सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको छ । शहरलाई यीनै समस्याबाट मुक्त गराउन आफूले गभर्नर पदमा उम्मेदवारी दिएको रोमारियोले बताएका छन् ।

ब्राजिललाई सन् १९९४ को विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबल खेलाडी रोमारियो डि सुजा हाल ब्राजिलको मध्यमार्गी पार्टी पोडेमोसबाट सिनेटर छन् ।

Loading...