क्रान्तिकारी पत्रकार संगठन प्यूठानको सम्मेलन सम्पन्न

प्यूठान, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्युठानको अध्यक्षमा पत्रकार गोविन्द विश्वकर्मा चुनिएका छन । अाइतबार भएको दोस्रो जिल्ला सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा सिता पिबि, सचिवमा मधुसूदन पोख्रेल, सहसचिव मोहन पौडेल र कोषाध्यक्षमा गन बहादुर पेस्तोल रहेका छन् । अन्य सदस्यहरुमा सगित भरत मगर, कमला राउत, माधब पोख्रेल र प्रकाश अाचार्य लगायत रहेका छन ।

सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले गरेका थिए । जिल्लाका सम्पूर्ण पत्रकार संघ संस्था, नागरिक समाज, कानुन व्यवसायी, लेखकहरुकाे समेत उपस्थिति रहेकाे सम्मेलनकाे उदघाटन शत्रमा सबैले शुभकामना दिएका थिए । सम्मेलनका क्रममा जिल्लामा रहेर जनताका पक्षमा कलम चलाउने विजुवार क्याम्पसका पूर्व प्रमुख माेहन गिरी, लेखक लिला पुन, लेखक तथा नेपाल बार एशाेसियसनका अध्यक्ष डा. शिवराज पण्डितलार्इ दाेसल्ला अाेढाएर सम्मान गरिएकाे थियाे ।

सम्मेलनमा बाेल्दै कार्यक्रमका प्रमुख अथिति प्रभात चलाउनेले पत्रकारितालार्इ जनताकाे सेवामा लगाउनुपर्नेमा जाेड दिए । पत्रकारिताकाे अाधारभूत सिद्धान्त नै बाेल्न नसक्ने कमजाेर जनताकाे अावाज भएकाेले जनताकै पक्षमा पत्रकारिता रहनुपर्ने उनले बताए । पत्रकारिताले जनतालार्इ जागरुक बनाउने, शिक्षित बनाउने र सुसूचित बनाउने भएकाेले पत्रकारले देशकाे राजनीतिबारे स्पष्टता हासिल गर्नुपर्नेमा उनले जाेड दिए ।

कार्यक्रममा नेकपाका प्यूठान जिल्ला इन्चार्ज चिन्तामणी घिमिरेले पत्रकारिता सामाजिक परिवर्तनकाे वाहक भएकाेले यसकाे भूमिका अब झन बढेकाे बताए । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रकाश डुम्रेसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अाअाफ्ना धारणा राखेका थिए ।

Loading...