गणेशमान र मतिना बुद्धिचाल च्याम्पियन

भक्तपुर, ३१ असार । जिल्ला बुद्धिचाल सङ्घले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताको उपाधि गणेशमान दुवाल र मतिना कुसीले जितेका छन् ।

शनिवार सम्पन्न प्रतियोगितामा दुवालले छैटौँ चरणको खेलमा निर्मल सुवाललाई पराजित गरेका थिए भने कुसीले सातौँ चरणको खेलमा शिवभक्त गाइजूसँग बराबरी खेले पनि अङ्कका आधारमा पहिलो भई उपाधि जितेका हुन् ।

प्रतियोगितामा विक्रम चोकामी द्वितीय र केशव मानन्धर तृतीय भए । अनरेटेटतर्फ निर्मल सुवाल पहिलो भए ।

यस्तै महिलातर्फ कुसीले कविता प्रजापतिलाई पराजित गरी च्याम्पियन बनेकी हुन् । प्रतियोगितामा कविता द्वितीय र अंशुदिल प्रजापति तृतीय भइन ।

प्रतियोगितामा पहिलो हुनेलाई रु १० हजार, दोस्रोलाई रु पाँच हजार र तेस्रो हुनेलाई रु तीन हजार पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक पूर्णसुन्दर श्रेष्ठले जानकारी दिए । विजयी खेलाडीलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

Loading...