एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै

रमेश कुमार वोगटी, कालकिोट ।

चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका छन । उनका अनुसार नियमित तर्फ ३ हजार ७ सय ५७ र एक्जामटेड तर्फ ४ सय ५१ जना गरेर ४ हजार २ सय ८ जना विद्यार्थि परिक्षामा सहभागि हुने भएका छन ।

परिक्षालाई मर्यादित बनाउनका लागि विभिन्न परिक्षा केन्द्रमा केन्दाध्यक्ष नियुक्त गरी आइतबार परिक्षालाई सफल पार्नका लागि अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटले एसइई परीक्षलाई शान्त र मर्यादित वनाउन राजनीतिक दल, नागरीक समाज, विद्यार्थि, शिक्षक, अभिभावक लगाएत सवैमा आग्रह गरेको छ । प्रत्येक परिक्षा केन्द्रमा केन्द्राध्यक्ष र प्रश्नपत्र सोमवारदेखि पठाउन सुरु गरिने जिल्ला शिक्षा अधिकारी तिवारीले वताएका छन ।

२०७४ चैत ५ मा प्रकाशित ।

Loading...