मेयरको जागिर खाने पत्रकार महासंघका अध्यक्षको राजिनामा माग

मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ ।

श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईको राजीनामा माग गरेको हो ।

आईतवार क्रान्तिकारी पत्रकार संगठनका मकवानपुर अध्यक्ष रुपा गुरुङले संगठनका तर्फबाट राजिनाम माग गरिएको पत्र बुझाउदै महासंघका अध्यक्ष हुमागाईको राजीनामा माग गरेकी हुन् । हुमागाईंले महासंघमा नेतृत्व लिएको एक वर्ष वितिसक्दा समेत पत्रकारको क्षमता विकासमा ध्यान नदिने, क्रान्तिकारी पत्रकारहरुलाई महासंघका कुनैपनि कार्यक्रम र गतिविधिमा संलग्न नगराउने र मेयरको प्रेस सल्लाहकार बन्न लालायित हुनुले महासंघको मर्यादामा आच आएको भन्दै क्रान्तिकारी पत्रकार संगठनको हुमागाईंलाई तत्काल राजिनामा दिन माग गरेको छ ।

यसरी श्रमजीवी पत्रकारहरुको साझा सस्थाको अध्यक्ष भइरहेका बेला मेयरको प्रेस सल्हाकार भएकोले महासंघले गर्नुपर्ने श्रमजीवी पत्रकारको हक, हितको कार्य ओझेलमा पर्न गएको, अध्यक्षको उक्त गतिविधीले महासंघ जस्तो संस्थाको गरिमामय प्रतिष्ठाकै खिल्ली उडाएको क्रान्तिकारी पत्रकारको ठम्याई छ ।उक्त कार्य महासंघको विधान र आजसम्मको अभ्यास विपरित रहेको भन्दै नैतिकताका आधारमा पनि हुमागाईले महासंघको अध्यक्ष पदबाट राजीनामा दिई अर्को व्यक्तिलाई जिम्मेवारी लिने मार्ग प्रशस्त गर्न संगठनले माग गरेको छ ।

यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालले अध्यक्ष हुमागाईले पदबाट तत्काल राजीनामा नदिए उनि बिरुद्ध बृहत भण्डाफोर अभियान छेड्ने चेतावनी समेत दिएको अध्यक्ष रुपा गुरुङ्गले बताएकी छन् ।

यस्ताे छ राजिनामा पत्र

Loading...