आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट !

काठमाडौं, ४ चैत ।

साताको पहिलो दिन आइतबार पनि शेयर बजारमा ९.४० अंकको गिरावट आएको छ। त्यस्तै कारोबार रकम पनि ३० करोड ४ लाख रुपैयामा खुम्चिएको छ। 

कारोबार सुरु भएको २९ मिनेटसम्ममा ४.४२ अंकले उकालो लागेको भए पनि त्यस पछि बजार लगातार ओरालो लाग्दा ९.४० अंकले घटेको हो। आइतबार सबै सूचक तथा उपसूचक ओरालो लागेको छ जसमा सबै भन्दा धेरै होटलको उपसूचक ७०.७६ अंकले घटेको छ।

त्यस्तै सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले चैत्र २८ गतेको साधारणसभाको लागि चैत्र १४ गते देखि बुक क्लोज हुने जानकारी दिएको छ भने साधारणसभाले ७० प्रतिशत लाभांस पारित गर्दैछ।

छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयर धनीले ४ प्रतिशतले कमाएका छन् भने अपि हाइड्रोपावर कम्पनीका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्।आइतबार १५२ वटा कम्पनीको करोबार हुँदा जम्मा ३० वटा कम्पनीका शेयरधनीले कमाएका छन् भने अन्यले गुमाएका छन्।

Loading...