क्रान्तिकारी पत्रकार संगठनको रोल्पा अध्यक्षमा विष्ट निर्वाचित

रोल्पा, ४ चैत ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान पीएम, कोषाध्यक्ष चित्र झाँक्री रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा डीके रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, हरीमाया महरा, सन्तोष हरदम मगर, गणेश विष्ट, मुना बुढाथोकी, संस्कृति विक, महादेवी पुरीलगायत छन् ।

सम्मेलनको उद्घाटन गर्दै संगठनका अध्यक्ष प्रभात चलाउनले राजनितिक अधिकार प्राप्त भएमा मात्रै सम्पूर्ण अधिकार प्राप्त हुने बताउँदै राज्यले हरेक नागरिकलार्इ राजनीतिक अधिकार दिनुपर्ने बताए । पेशागत मागसँगै राजनीतिक अधिकार प्राप्तिको लागि क्रान्तिकारी पत्रकारहरुले कलम चलाउनु पर्नेमा अध्यक्ष चलाउनेको जोड थियो ।

त्यस्तै संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी संयोजक प्रकाश डुम्रेले पुरानो सत्ताले जनतामा संसदीय व्यवस्था ठिक भएको भ्रम छरिरहेको भन्दै क्रान्तिकारी पत्रकारहरुले भ्रम चिरेर वैज्ञानिक समाजवादी व्यवस्था पक्षमा जनमत सिर्जना गर्नुपर्ने धारणा राखे ।

नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदी, सुनिल स्मृति गाउँपालिका ४ नं वडाका अध्यक्ष गन्ज क्षेत्री, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष वालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्ष महेश न्यौपाने, प्रेस चौतारी रोल्पाका अध्यक्ष जीवन कुवर, प्रेस युनियन रोल्पाका सचिव लोकेन्द्र चन्द, प्रगतिशील पत्रकार संघ रोल्पाका प्रतिनिधि प्रतिभा सुनारले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यसमितिको पहिलो बैठकले अनलाइन पत्रिका सञ्चालन गर्ने र नयाँ वर्षको भित्ते पात्रो प्रकाशन गर्ने निर्णय गरेको छ । साथै, बैठकले संगठनको सल्लाहकारमा महेश न्यौपाने र भरत नेपालीलाई मनोनित गरेको छ ।

Loading...