एमाले र माओवादीका गरी ११ मन्त्री र ४ राज्यमन्त्रीले लिए शपथ (को–को भए मन्त्री नामावलीसहित)

काठमाडौं, २ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै सरकार विस्तार गरेका छन् । ।  एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको छ ।

शुक्रबार एमालेबाट प्रदिप ज्ञवाली परराष्ट्र, रविन्द्र अधिकारी पर्यटन, जगत विश्वकर्मा युवा तथा खेलकुद, गोकर्ण विष्ट श्रम तथा रोजगार, रघुवीर महासेठ भौतिक पूर्वाधार, शेरबहादुर तामाङलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

काभ्रे २ बाट चुनाव जितेका गोकुल बास्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बनेका छन् । यस्तै  स्वास्थ्य राज्यमन्त्रीमा पद्मा अर्याल र पर्यटन राज्यमन्त्रीमा धनबहादुर बुढामगर नियुक्त गरी शपथ गराइएको हो । यस लालबाबु पण्डितलाई संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

उता, सत्ता साझेदार माओवादी केन्द्रबाट वर्षमान पुन अनन्त उर्जा तथा जलस्रोत, चक्रपाणि खनाल कृषि तथा सहकारी, गिरीराजमणि पोखरेल शिक्षा, शक्ति बस्नेत वन र विना मगरले खानेपानी मन्त्रालयको जिम्मेबारी दिएर प्रधानमन्त्रीले शपथ गराएका छन् । माओवादीबाट रामकुमारी चौधरी राज्यमन्त्रीमा नियुक्त भएकी छन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको थियो ।

७ राज्यमन्त्रीसहित मन्त्रीपरिषद् २२ सदस्यीय भएको छ । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदा मन्त्रीपरिषद् २५ सदस्यीय हुनेछ । यसअघि प्रधानमन्त्री ओलीले गृह र उद्योगमा माओवादीका रामबहादुर थापा बादल, मात्रीका यादवलाई नियुक्त गरेका थिए भने प्रधानमन्त्री नियुक्त भएको दिन एमालेका लालबाबु पण्डित र थममाया मगरलाई मन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट स्थानान्तरण गरी प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी दिएका छन् । संघीय समाजवादी फोरम नेपालले पनि मन्त्री पठाउने भनिएपनि आन्तरिक विवादका कारण निर्णय हुन सकेन ।

 

Loading...