हुम्लामा हिउँ परेपछि कृषक हर्षित

हुम्ला, २ चैत ।

विहीबार दिनभरीको हिमपातले हुम्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ ।

हिमपात भएपछि कृषक हर्षित भएका छन् । हुम्लामा अहिले चौथो पटक हिमपात भएको हो । हिमपात भए पनि हिउँदमा जति हिउँ पर्नु पर्ने हो त्यो अनुसार पर्न नसकेको स्थानियवासीको भनाई छ ।

हिमपातले यातायातको एक मात्र माध्यम सिमकोट विमानस्थल बन्द हुँदा सुर्खेत र नेपालगंजबाट हुने उडानमा समस्या आएको छ ।

हिमपातसंगै चिसो वढेपछि वृद्धवृद्धा र बालबालीकालाई थप समस्या भएको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सीयसमा झरेको छ । अहिले सदरमुकाम सिमकोटमा ५ इन्च हिउँ जमेको छ । हुम्लामा हिउँ पर्दा हिमाल सेताम्मे देखिन थालेका बताइएको छ ।

Loading...