यसरी थर्काएर घुस लिन्छन् भैरहवा भन्सारका महिला कर्मचारी (हेर्नुहोस् भिडियोसहित)

काठमाडौं, २ चैत ।

सेवाग्राहीबाट घुस लिएर मात्रै काम गर्ने रोगबाट नेपाली कर्मचारी ग्रस्त छन् । यो नयाँ होइन । जनताको करबाट तलब खाएर उल्टै जनताबाटै घुस खाने प्रवृतिको शिकार सर्वसाधारण भइरहेका छन् ।

कर्मचारी पाल्न आफ्नो कमाईबाट कर पनि तिर्नुपर्ने र कामको लागि कार्यालय पुग्दा फेरि घुस दिनुपर्ने अवस्था यहाँ छ । जति भाषण गरेपनि घुस प्रवृति घट्नुको साटो दिनदिनै मौलाइरहेको छ ।

मौका पाउने वित्तिकै कार्यालय सहयोगीदेखि हाकिम सबैले सेवाग्राहीबाट घुस असुल गर्दै आएका छन् । उनीहरुले राजनीतिक नेतृत्वदेखि माथिल्लो निकायसम्म सिधा लाइन बनाइसेका हुन्छन् ।

यसैबीच भैरहवा भन्सार कार्यालयमा कार्यरत एक महिला कर्मचारीले सेवाग्राहीबाट हाकाहाकी घुस लिइरहेकी छन् । घुस नपाउँदासम्म सेवाग्राहीको काम त के राम्रोसँग बोल्न समेत झर्को मान्छन् उनी । तर, सेवाग्राहीले खल्तीबाट रुपैयाँ निकाल्ने बित्तिकै अनुहारमा एकाएक चमक आउँछ र काम गर्न थाल्छन् ।

महिला कर्मचारी नराम्रो काम गर्न अलि अड मान्छन् भन्ने बुझाई आम छ । तर, यहाँका महिला कर्मचारी सिधै घुस माग्छन् नदिए कामै गर्दैनन् ।

भिडियोमा एउटा कागजमा उनले सेवाग्राहीलाई हस्ताक्षर गर्न लगाउँछन् र सेवाग्राहीले १० रुपैयाँ दिन्छन् । यतिले हुँदैन भन्दै उनले फिर्ता गरिदिन्छन् सेवाग्राहीले पुनः सय रुपैयाँका नोट दिन्छन् । फाइलमुनी राखेर काम गर्न थाल्छन् । नजिकैबाट एक जना पुरुष कर्मचारीले उनलाई सहयोग गरिरहेका हुन्छन् र पछाडी पनि एक जना कर्मचारी छन् । कर्मचारीकै मिलेमत्तोमा घुस लिइरहेको प्रष्टै छ ।

 

 

Loading...