अखिल क्रान्तिकारीकाे अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित

काठमाडौं, १ चैत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन् ।

दाङमा सम्पन्न २१ अाैं राष्ट्रिय सम्मेलनबाट ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी स‌ंगठनकाे राष्ट्रिय सम्मेलन २७ गतेदेखि सुरु भएकाे थियाे । सम्मेलनले ढकालकाे अध्यक्षतामा ५९ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे हाे ।

केन्द्रीय समितिमा नरेन्द्र विक, कमल बडुवाल, लोकेन्द्र सार्की, पुष्प न्यौपाने, प्रज्वल शाही, प्रकाश चन्द, भवानी ओझा, विरेन्द्र शाह, हेमन्त जिसी, प्रितिमा चौधरी, पदम पोख्रेल, दिपक विष्ट, मदन केसी, प्रल्हाद गौतम, रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे, तेज विक्रम वली, मदन चन्द, प्रेम शाही, भरत रावल, रत्न ओथ, प्रकाश विक, हर्क विक, झलक विक, विरेन्द्र विक, विरेन्द्र, प्रकाश जप्रेल, शंकर महरा, सन्तोषी भट्टराई, मिलन राई, काजी गुरुङ, डम्बर विक, आश गुरुङ, समराज, मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, सविन श्रेष्ठ, दुर्गा तामाङ, विकास थापा, विकास राई, नवराज नेपाल, पुष्प न्यौपाने, राजु दास, गणेश, सञ्जय राई, लक्षुराम विक, शुनिल बन्जाडे, प्रकाश अधिकारी, लोकेन्द्र बिष्ट रहेका छन् ।

२७ गते सुरु भएकाे सम्मेलनकाे उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका थिए । 

२७ गते सुरु भएकाे सम्मेलनकाे उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्ताेष बुढा मगरले गरेका थिए । सम्मेलनकाे बन्दशत्रमा बाेल्दै प्रमुख अथिति सन्तोष बुढा मगरले विश्व कम्युनिष्ट आन्दोलनको नयाँ विचारका रुपमा नेपालमा एकीकृत जनक्रान्तिको प्रक्षेपण गरिएको बताए । उनले युवा विद्यार्थी नै एकीकृत जनक्रान्तिको आधारभूत वर्ग भएकाले देशको मुहार फेर्ने माक्र्सवादी ज्ञानसहितको शिक्षा हुनुपर्ने बताए । शैक्षिक क्षेत्रमा दलालीकरण द्वेध शिक्षा प्रणाली हाबी रहेको भन्दै यसको अन्त्यका लागि वैज्ञानिक शिक्षा वैज्ञानिक व्यवस्थामा मात्र हुने बताए । सम्मेलनकाे बन्दशत्रमा नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो सदस्य शितल लगायतले सम्वाेधन गरेका थिए ।

 

 

Loading...