रियालिटी शो का नाममा ठगी धन्दा बढ्दो, नेपाल आइडलदेखि डान्स नेपाल डान्सले विजेतालार्इ दिए यस्तो धम्की

काठमाडाैं, १ चैत । केही दिन पहिले चर्चित रियालिटी शाे नेपाल अाइडलले विजेता बुद्ध लामालार्इ अहिलेसम्म पनि पुरस्कार वापत पाएकाे सबै कुरा नदिएकाे भन्दै समाचार बाहिर अायाे । बुद्ध लामाले यसबारे गुनासाे गरेका खबर पनि सञ्चार माध्यममा अाए । 
 
अहिले फेरि अर्काे रियालिटी शाे ले पनि त्यसका विजेतालार्इ ठगेकाे खुलेकाे छ । नेपालगन्जकी पुनम राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् । आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन् । 
 
अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भउकी उनले गत असरामा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेही थिईन् । 
 
प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार लेखेल हस्तानतरण गरेको थियो । 
 
उनलाई दिने भनिएको पुरस्कार आठ महिना वित्दा पनि आयोजनकले दिएन । उनले आफुले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दै उल्टै धम्क्याउन थालियो ।,
Loading...