गिरफ्तार परेका गुण्डा नाइके गणेश लामाले दिए यस्तो बयान

काठमाडाैं, ३० फागुन । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् ।

होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामालाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । पेस्तोलसँगै लामा चढ्ने बा ३ च १७२ नम्बरको गाडी समेत बरामत गरेको प्रहरीले बताएको छ । उनलाई प्रहरीले लामो समयदेखि खोजि गरिरहेको थियो ।

लामाको बयानले प्रहरी चकित !

प्रहरीले लामालाई प्रहरी परिसर पुर्याएको छ र अनुसन्धान अगाडि बढाएको बताएको छ । लामा उक्त होटलमा प्रत्येक साँझ जीमको लागि जाने भएता पनि आज भने प्रहरीको फन्दामा परे । पेस्तोल सहित पक्राउ परेका लामाले पेस्तोल आफ्नो नभएको बरु दुर्इ युवाले आफूमाथि प्रहार गर्न ल्याएको र आफूले सो पेस्तोल खोसेर प्रहरीलाई बुझाउन खोजेको बयान दिएपछि प्रहरी नै चकित परेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

लामाले आफुमाथि गोली प्रहार भएको बताए पनि उनि सकुशल प्रहरी हिरासतमा छन् । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए।

नेता विजय कुमार गच्छदारको आशिर्वादमा पछिल्लो समय राजनीतिमा पाइला चलाएका लामा काभ्रेबाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट पराजित उम्मेदवार समेत हुन् । नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग उनी पराजित भएका थिए । मधेशी जनअधिकार फाेरम लाेकतान्त्रिकबाट विजय कुमार गच्छदारसँगै उनी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

Loading...