बोक्सीको आरोपमा छात्रामाथि बर्बर यातना दिँइदा रमिता बन्ने मेयर ममताप्रसादको यस्तोसम्म मनोमानी

कैलाली, ३० फागुन । कैलालीकाे घाेडाघाेडी नगरपालिका प्रमुख ममताप्रसाद चाैधरी अहिले उपचारमा छन् । अज्ञात समूहले गाेली प्रहार गरेर घाइते बनाइएका चाैधरी अहिले काठमाडाैंमा उपचा गराइरहेका छन् । गाेली प्रहार गरिएका कारण उनीमाथि केही सहानुभूती जागे पनि उनले मेयर भएर गरेका कामका बारेमा भने अहिले पनि कैलालीमा चर्काे अालाेचना हुने गरेकाे छ ।

केही दिन अगाडि घाेडाघाेडी नगरपालिकामै बाेक्सीकाे अाराेपमा ११ कक्षामा पढ्ने छात्रामाथि भएकाे अमानवीय कुटपिट घटनामा रमिते बनेकाे भन्दै चर्काे अालाेचना खेपेका ममताप्रसादमाथि त्यसकाे केही दिनपछि नै गाेली हानिएकाे हाे । उनीमाथि कसले किन गाेली हानेकाे हाे भन्ने अहिलेसम्म केही खुल्न सकेकाे छैन । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

यहाँ भने तिनै मेयर ममताप्रसादले नगरपालिकामा गरेकाे बेथिति, मनाेमानी र भ्रष्टाचारसँग सम्बन्धित पत्रकार हेमन्त पाैडेलले तयार गरेकाे सामाग्री प्रस्तुत गरिएकाे छ ।

कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नागरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीका कारण नगरपालिकामा चरम संकटमा पर्दै जान थालेको छ । चौधरी नगरप्रमुखमा विजयी भएपछि मनोमानीरुपमा काम गर्दै गएपछि नगरपालिका संकटमा पर्दै गएको छ । अन्य जनप्रतिनिधिसंको सहकार्य र जनतासंग समन्वय नगरेर एकलौटीरुपमा काम गर्न थालेपछि स्थानीय बासिन्दाहरु विरोधमा उत्रिएका छन् ।

जनताले तिरेको करको सदुपयोग नभएको र नगरप्रमुख चौधरीले जनताले तिरेको करमा ब्रम्हलुट मच्चाएको गुनासो नगरवासीको छ । सुरु देखिनै उनले नगरपालीकालाई आफन्त र नातागोताको भर्तीकेन्द्रका रुपमा प्रयोग गर्न थालेका छन् । २०७४ पौष २६ गतेको नगर कार्यपालिकाले निर्माण गरेको बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम बिनियोजन गरेर उक्त बोर्डको कार्यकारी अधिकार सहितको उपाध्यक्षमा ३० हजार भन्दा बढि तलव सुबिधा रहने गरि नगरप्रमुख चौधरीले आफ्नै सहोदर दाई दयाराम चौधरीलाई नियुक्त गरेका छन ।

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलको संचालक समेत रहेका दयाराम चौधरीलाई नगरप्रमुख ममताप्रसाद चौधरीले नेपाल सरकारको तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन । बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका आफ्नो सहोदर दाजुको बाहेक अन्य कसैको सेवा सुबिधा मेयर चौधरीले हालसम्म तोकेका छैनन ।

उपाध्यक्ष बाहेक अन्यको सेवा सुबिधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेले बताउनु भयो । राज्यको रकम र स्थानीय जनताले तिरेको करमा ब्रम्लुट हुनथालेको सेवाग्राहीहरु बताउँछन् । पर्यटन प्रवद्धन गर्न गठित बोर्डमा आफ्नै दाजुलाइ नियुक्त गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । मेयरको चलाखिमा बोर्ड गठन गरिएको र आफ्नै दाजुलाई नियक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मी भट्टरार्इले बताए । उनले मेयरसापको मनोमानि बढ्दै गएकाे बताए ।

घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले गरेको मनोमानीको सीमा नाग्दै गरेको छ । नगरपालिकामा रहेका १२ वडा अध्यक्षहरुलाई मोटरसाइकल बितरण गर्ने निर्णय समेत गरेका थिए ।

तर आफू अनुकूल मोटरसाइकको टेन्डर पास नभएपछि पास भइसकेको टेन्डर रद्ध गरेर नयाँ टेन्डरको आह्वान गर्ने योजना बनाएका छन् । १ लाख ६६ हजारमा यामाह १२५ सिसिको मोटरसाइकल टेन्डरमा परेको छ भने सोही बराबर सिसि रहेको बजाजको मोटरसाइकलको खरिद मुल्य १ लाख ४४ हजारमा टेन्डर रहेको थियो । कम मुल्य हुँदा टेन्डर बजाजको परेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतनराज पौडेले जानकारी दिए ।

जनताको कामका लागि जनमत प्राप्त गरेर जनप्रतिनिधी बनेकाहरु अहिले बिलासी सेवा सुबिधालाइ प्राथमिकता दिन थालेका छन् । नगरप्रमुखले उपप्रमुख प्रेमकुमारी थापाको लागि मासिक १ लाख खर्च हुनेगरि स्कार्पियो भाडामा लिएका छन् । सवारीको मासिक ७४ हजार, सवारी चालक तथा इन्धन खर्च पनि नगरपालिकाले बेहोरी रहेको छ तर यसको बिषयमा कार्यपालिकामा छलफल समेत भएको छैन । कार्यपालिकामा सदस्य तथा बडा नम्बर ५ का अध्यक्ष्य प्रेम रोकायाले यस बिषयमा कार्यपालिकामा आवाज उठाउने बताए । उनले भने– ‘भाडामा लिने सामान्य कुरा थाहा थियो तर कतिमा लिनुभयो भन्नेबारे हामी अनबिज्ञ छौ ।’

प्रदेश सरकारले कानून निमार्ण नगरेसम्म कुनै सेवा सुबिधा लिन नपाउने भए पनि नगरप्रमुख चौधरीले बिभिन्न शिर्षकमा प्रत्येक महिना मासिक २५ हजार भन्दा बढी रकम लिइरहेका छन् । २०७४ साल असोज १ गते नगर कार्यपालिकाको निर्णय अनुसार नगर प्रमुख चौधरीले संचार खर्च बाफत ८ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च ५ हजार र बैठक भत्ता २ हजार लिने गरेका छन् ।

त्यस्तै उपप्रमुख थापाले संचार खर्च बाफत ६ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च २ हजार, अतिथि सत्कार खर्च ३ हजार ५ सय हजार र बैठक भत्ता १ हजार ५ सय लिने गरेका छन् । त्यस्तै वडा अध्यक्षहरुले संचार खर्च बाफत ३ हजार, भ्रमण खर्च २ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च १ हजार र बैठक भत्ता १ हजार लिने गरेका छन् । नगरप्रमुख चौधरीले इन्धन खर्चका नाममा दोहोरो रकम लिइरहेका छन् । उनी चढ्ने सवारीको मासिक रुपमा इन्धन खर्च नगरपालिकाले बेहोर्ने भए पनि उनले इन्धनका नाममा ब्यक्तिगत खर्चपनि लिनेगरेको पाइएको छ ।

Loading...