प्रधानन्यायाधिशको गतिविधिप्रतिको प्रतिक्रिया स्वरुप सर्वोच्चका ८ न्यायाधिश तोकिएको इजलास बसेनन

काठमाडौ, २९ फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबार चोलेन्द्रशमशेर जबरालाई इजलास नताेकेपछि इजलास तोकिएका ८ जना न्यायाधीशहरु मंगलबार पाैने एक बजेसम्म इजलासमा बसेका छैनन्।

सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाश रावत र दीपक जोशी अहिलेसम्म तोकिएको इजलासमा गएका छैनन्।

मंगलबारका लागि प्रधान र कार्कीको एउटा इजलास तोकिएको थियो । त्यसैगरी भट्टराई र खतिवडाको अर्को इजलास तोकिएको थियो। त्यस्तै, श्रेष्ठ र सिन्हाको अर्को दुई सदस्यीय इजलास गठन गरिएको थियो। रावत र दीपक जोशीको अर्को इजलास गठन गरिएको थियो। न्यायाधीशहरु नगए पनि मंगलबारका सम्बन्धित इजलास बस्न सकेका छैनन्। सर्वोच्चका २० न्यायाधीशहरुमध्ये बाँकी चोलेन्द्रबाहेक बाँकी ११ जना न्यायाधीशहरुको इजलास भने साबिकअनुसार नै चलिरहेको छ।

सर्वोच्च स्रोतका अनुसार रावत र जोशी भने इजलासमा जाने सम्भावना भए पनि अन्य ६ जना न्यायाधीशहरु भने इजलासमा सम्भवत:जाने छैनन् ।

Loading...