किन दिए राष्ट्रपतिले ११० यात्रु बोकेर उडिरहेको जहाज खसाल्ने खतरानाक आदेश

काठमाडौं, २८ फागुन । अाकाशमा उडिरहेकाे जहाजलार्इ खसाल्न अादेश दिने राष्ट्रपति कस्ता हाेलान ? धेरैले याे प्रश्न साेच्दा अहिले संसारलार्इ खासगरी अमेरिकालार्इ निकै चुनाैती दिएर चकित पारिरहेका उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनकाे नाम याद गर्छन । तर, याे कथा उनकाे हाेइन । याे अमेरिकी राजनीति नै घुमाइरहेकाे रसियाकाे कथा हाे । 

अनि त्यसरी अाकाशमा यात्रु बाेकेर उडिरहेकाे जहाजलार्इ हतियारले प्रहार गरेर खसाल्ने अादेश दिने राष्ट्रपति हुन रसियाका राष्ट्रपति भ्लादमिर पुटिन । उनले रसियाकाे अाकाशमा ११० यात्रु बाेकेर उडिरहेकाे टर्किस विमानलार्इ खसाल्न त्यसरी अादेश दिएकाे खुलेकाे छ । 

राष्ट्रपति पुटिनले दिएकाे उक्त अादेश उनी अाफैले खुलासा गरेका हुन् । हालै रसियामा बनेकाे एक डकुमेन्ट्रीमा पुटिनले साे कुराकाे खुलासा गरेका हुन् । 

पुटिनले किन दिए जहाज खसाल्ने अादेश, किन गरे अाफ्नाे याेजनाकाे खुलासा ?

राष्ट्रपति पुटिनले त्याे यात्रुवाहक जहाजलार्इ त्यतिकै खसाउन भनेका भने हाेइनन् । त्यसकाे जटिल कारण रहेकाे उनी अाफैले दावी गरेका छन् । केही विपक्षी दलले रसियामा राष्ट्रपतिकाे चुनाव हुन लागेकै बेला याे प्रसङ्गलार्इ ल्याएर पुटिनका विरुद्ध राजनीति गरेकाे भए पनि याे घटना ल्याएर उनीमाथि राजनीति गर्न खाेजिएकाे विश्लेषण पनि चलेकाे छ । 

राष्ट्रपति पुटिनले आफुले एक यात्री विमान खसाल्ने आदेश दिएको कुरा एक फिल्म डकुमेन्ट्रीमै खुलासा गरेका छन् । उनले अाकाशमा उडेर अाउँदै गरेकाे विमानमा बम राखिएकाे र त्याे विमान अपहरणमा परेकाे जानकारी अाएपछि त्यसलार्इ अाकाशमै पड्काउने कुरा भएकाे बताइएकाे छ । साथै त्यही विमान लगेर २०१४ काे वीन्टर अाेलम्पिक चलिरहेकाे ठाउँमा अाक्रमण गरिदैछ भनेर सूचना अाएपछि त्यस्ताे अादेश अाफूले गरेकाे पुटिनले प्रष्ट पारेका छन् । तर, पुटिनले त्याे अादेश दिए पनि विमान भने त्यसरी खसालिएन । 

यस्ताे थियाे कारण

२०१४ को सोची विन्टर ओलम्पिकका बेलाकाे घटना याे हाे । त्यतिबेला टर्किस पेगेसस एयरलाइन्स बोइङ ७३७-८०० विमान हर्किवबाट ११० यात्रु बाेकेर रसियाकै इस्तानबुल जाँदै थियो । त्यति नै बेला पाइलटले एक यात्रुसँग बम रहेको र उनले विमानलाई सोचीमा अवतरण गर्न लागेकाे जानकारी गराए । ती यात्रुले तत्कालै त्याे सन्देश रसियन प्रहरीलार्इ गराए । रसियन प्रहरी र खुफिया एजेन्सीले अरु कुरै नसाेची के गर्ने भन्ने छलफल गर्याे । सबैले त्याे विमानलार्इ नखसाले रुसमा ठूलाे दुर्घटना हुनसक्ने निष्कर्ष निकाले । साेही वमाेजिम नै उनीहरुले राष्ट्रपति पुटिनकाे अादेश माग गरे । 

तर, केहीबेरमै अर्काे खबर अायाे कि अगाडि दिइएकाे जानकारी विल्कुलै गलत थियाे । त्यसपछि त्याे अादेश कार्यान्वयन गरिएन । त्यसले अाफ्नाे देशकाे सुरक्षार्थ पुटिनकाे निकै संवेदनशील भएकाे पनि जनाउँछ । 

त्यही कुरा पुटिनले हालै बनेकाे एक डकुमेन्ट्रीमा सुनाएका हुने । उनल डकुमेन्ट्रीमा भनेका छन्, -‘सुरक्षा अधिकारीहरुले भने कि यस्तो अवस्थामा प्रक्रियाका हिसावले हवाई जहाजलाई खसाल्नु ठीक हुन्छ । मैले त्यही गर्न भनेको थिएँ ।’

समाचार संस्था राेयटर्सका अनुसार त्यतिबेला केही मिनेटमै अर्को फोन आएको र उक्त खबर गलत भएको सूचना दिइएको उनले बताए । यसको केहीबेरपछि नै आफू सोचीमा ओलम्पिक समारोहमा पुगेको पुटिनले बताएका छन् । रोयटर्सका अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ताले पुटिनको दाबी पुष्टि गरेका छन् ।

यो दुई घन्टाको डकुमेन्ट्रीको अनलाइन रिजिल भएको छ । जसमा राष्ट्रपति पुटिनले भनेका छन्, ‘खेल सुरु हुनु अघि नै थाहा भयो कि युक्रेनबाट टर्की जान लागेको विमान हाइज्याक भएको छ । तर, खबर गलत थियो र जहाजलाई खसालेनौं ।’

यो डकुमेन्ट्री यस्तो बेला आएको छ, जतिबेला रुसमा चुनावी सरगर्मी बढेको छ । पुटिनविरुद्ध सात उम्मेदवार छन् । तर, कसैलाई पनि बलियो समर्थन पाउने आश छैन । मुख्य विपक्षी नेता एलेक्सी नेवलनीलाई चुनाव लड्न प्रतिवन्ध लगाइएको छ ।

 

Loading...