४१० मेघावाटको नलगाड हाईड्रोको मुआब्जा विरतरणको समस्या समाधान

जाजरकोट, २८ फागुन । लामो समयदेखि रोकिएका नलगाड हाईड्राेपावर कम्पनीकाे मुआब्जा वितरणको समस्या समाधान समाधान भएको छ ।

विद्युतगृह निर्माण स्थल नलगाड नगरपालिका १ दल्लीमा बसोवास गरिरहेका १८ घरधुरी बादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत वितरण गर्ने गरी सहमती भएपछि बिवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटको खातामा जम्मा गरिएको र अब केही दिनभित्रै सो रकम स्थानीय व्यक्तिलाई वितरण गरिने सहमती भएको जाजरकोट क्षेत्र १ का सांसद गणेसप्रसाद सिंहले जानकारी दिए ।

कम्पनीका चित्रवहादुर के सीले दिएको जानकारी अनुसार पावर हाउस निर्माणका लागि चाहिने कच्चा पदार्थ भण्डारण गर्न, जनशक्तिको तथा उपकरणका लागि क्याम्प निर्माण गर्न र सुरक्षाका लागि नेपाली सेनालाई बस्ने ठाउँ निर्माण गर्नका लागि केही जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्नुपर्ने काम सहजताका साथ अगाडि बढेको छ । स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला सबैलाई राखेर भएको छलफलले त्यो विषय टुङ्ग्याएपछि आयोजनाले मुआब्जा रकम स्थानीय जिल्ला प्रशासनको खातामा जम्मा गरिसकेका छ । डिपिआरको कामले पनि अहिले गति लिएको छ ।

विद्युतगृह स्थल नलगाड नगरपालिका १ दल्लीवाट बाँधस्थल रहेको बारेकोट गाउँपालिका अधेरीखोला सम्मको पहुँच मार्ग निर्माण कार्य रोकिएकोमा अहिले पुर्ण सुचारु भएको छ । करिव ६ महिना सम्म विस्फोटक पदार्थ नहुँदा काम पहुँच मार्ग निर्माण कार्य रोकिएको थियो । भौगर्भिक अध्ययनका लागि विस्फोटक पदार्थ नेपाली सेनाले उपलब्ध गराएपछि सडक निर्माण र अध्ययनको काम पनि अगाडि बढिसकेको केसीले बताए ।

विस्फोटक पदार्थ नहुँदा विद्युतगृह र बाँधस्थलसम्मको पहुँच मार्गको काम र भौगर्भिक अध्ययनका लागि ड्रिलिङ ( जमिनबाट ढुङगा निकाल्ने काम )गर्ने काम रोकिएको थियो । नेपाली सेनाले दुवै कामका लागि हाल आवश्यक विस्फोटक पदार्थ उपलब्ध गराउने भएको छ ।

विद्युतगृह र सुरुङ मार्गसम्मको पहुँच मार्गको काम र अध्ययन अनुसन्धानको कामले गति लिएको छ । यसअघि छ महिनासम्म जेनेरेटर र ड्रिलिङ मेसिन ढुवानी हुन नसक्दा विस्तृत अध्ययन, इन्जिनियरिङ डिजाइनको कार्य पनि प्रभावित हुन पुगेको थियो । हाल सो अध्ययनका लागि आवश्यक पर्ने सबै उपकरण हेलिकप्टरवाट ढुवानी भइसकेपछि ‘फिल्ड इन्भेस्टिगेसन’ को कार्य पनि अगाडि बढेको आयोजनाले जनाएको छ । ड्रिलिङ गर्ने कार्य, हाइड्रोलोजिकल तथा जुओलोजिक म्यापिङ गर्ने कार्य सुरु भइसकेको छ ।

आयोजनाकोे विस्तृत अध्ययन, इन्जिनियरिङ डिजाइन गर्नका लागि स्मेक अस्टे«लिया, एमएचडब्लू अमेरिका र नेपालको उदय कम्पनीले काम गरिरहेको छ । फिल्ड अध्ययनका लागि आगामी अप्रिलसम्म समय दिइएकाले यो बीचको अवधिमा परामर्शदाता कम्पनीले काम गर्न नसक्दा निर्धारित समयमा काम सम्पन्न नहुन सक्ने स्थिति देखिएको छ । अहिले बाध स्थल अधेरीखोला र बिद्युत निर्माण स्थल दल्लीमा काम तिव्र रुपमा भएको छ । कम्पनीका कमचारी र अन्य साधन राख्नका लागि दल्लीमा भबन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

नलगाड हाईडो कम्पनीले डिपिआरको जिम्म लिएको परामर्शदाता कम्पनीलाई दुई पटक सम्म कामको गतिको विषयमा चेतावनी पत्र समेत काटिसकेको छ । अव अन्तिम पटक पत्र काटेमा परामर्शदाता कम्पनी संगको सहमती रद हुँने सम्भावना पनि वढेको छ । यदि रद भएपछि डिपिआरको लागि पुर्ण नयाँ तरिकाले गर्न कम्तिमा ४ वर्ष थप लाग्ने सम्भावना बढेको स्रोतले वताएको छ ।

Loading...