किम जोङसँग ट्रम्पको वार्ता असफल भए अमेरिकामा संकट आउने सिआइएका प्रमुखको खुलासा

काठमाडौं । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने वार्ता असफल भए संकट निम्तिने बताएका छन् । उक्त चुनौतीबारे ट्रम्पलाई राम्रोसँग थाहा भएको पनि पोम्पले भनेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्पले किम जोङसँग वार्ता गर्न लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता दिने बताएका थिए ।

सिआईएका निर्देशक पोम्मले उत्तर कोरियाको चुनौती सामना गर्न दूरदृष्टि आवश्यक रहेको पनि बताए । उनले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे ।

नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको उनको भनाइ थियो ।

Loading...