अाेलीले यसरी पाए दुर्इ तिहार्इ बहुमत, के गर्छन अाेली अब?

काठमाडौं, २७ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेलीले संघीय प्रतिनिधिसभाबाट दुर्इ तिहार्इ बहुमत प्राप्त गरेका छन् । अाइतबार प्रतिनिधि सभामा भएकाे मतदानबाट अाेलीले याे मत पाएका हुन् । 

प्रतिनिधिसभाकाे अाइतबार बसेकाे बैठकमा अाेली सरकारका लागि विश्वासको मतका लागि भएको मत विभाजनमा ओलीका पक्षमा २ सय ८ र विपक्षमा ६० मत देखियाे । अाेलीले प्राप्त गरेकाे याे मतका अाधारमा उनले पाँच वर्ष सरकार चलाउनका लागि ढुक्कले दुर्इ तिहार्इ बहुमत हासिल गरेकाे छ । यद्यपी अहिले पनि अाेलीले केही दललार्इ साथमा लिएर गठबन्धन सरकार नै बनाएका छन् । ओलीलाई नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सांसदले मात्र विपक्षीमा मतदान गरेका हुन् । 

अाेलीलार्इ उनकाे दल नेकपा एमाले, एकताका लागि नजिक पुगेकाे दल माओवादी केन्द्रका अलावा दुर्इ मधेशी दल संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीले समेत मत दिए । संघीय समाजवादीले यसअघि नै अाेलीलार्इ समर्थन दिएर सरकारमै सहभागी हुने भएकाे भए पनि राजपाले भने अन्तिममा अाएर अाेलीकै पक्षमा मतदान गरेकाे हाे । त्यसैगरी अाेलीलार्इ एउटा मात्र सांसद भएका एकसिटे दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चा नेपालले पनि अाेलीलार्इ नै मत दिए । अाेलीकै विराेध गरेर मधेशमा अाफ्नाे अस्तित्व धान्न सफल भएका दलहरु खासगरी राजपालार्इ अाेलीले के सम्झाैता गरेर सरकारमा लिए भन्ने धेरैले प्रश्न उठाएका छन् । अाफ्नाे सरकार लम्ब्याउन र ढुक्कले चलाउने नाममा कतै अाेलीले गाेप्य सम्झाैता त गरेनन भन्ने अरुकाे अाशंका धेरैकाे छ । किनकि फाेरम र राजपा दुबैले संविधान संशाेधन गर्न तयार नहुँदासम्म वा त्याे शर्ता मान्न तयार नहुँदासम्म कुनै हालतमा पनि सरकारमा नजाने भन्ने अडान प्रष्ट पारेका थिए । 

एक मात्र सांसद रहेकाे नयाँ शक्ति पार्टीले भने प्रधानमन्त्रीमाथि भएकाे विश्वासकाे मतदान बहिस्कार गर्याे । साे पार्टीका अध्यक्ष तथा गाेरखा १ बाट प्रतिनिधिसभामा विजयी सांसद डा. बाबुराम भट्टराई याे बैठकमै सहभागी भएनन । आइतबारको बैठकमा २६८ जना सांसद उपस्थित भएका थिए ।

दुई तिहाई बहुमत पाएसँगै अाेलीलार्इ अब ढुक्कले सरकार चलाउने वातावरण बनेकाे छ । अब उनले यता फर्केर नहेरी खुरुखुरु देशकाे कार्यकारी प्रमुख र पार्टीले चुनावका बेला जारी गरेका घाेषणापत्र अनुसारका काम गर्न लागे हुने भएकाे छ । बहुमतका हिसाबले  ओली संसदीय अभ्यासको इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यसैबीच, संसदको बैठक आउँदो बैठक चैत २ गते बस्ने भएको छ । २ गते दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन हुनेछ । आइतबार नै उपसभामुख निर्वाचनको कार्यतालिका प्रकाशन भएको छ ।

सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा शनिबार निर्विरोध निर्वाचित भएका थिए । उनले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

भोट माग्दै संसदमा ओलीले के भने ?

संसदलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुनका लागिमात्र नभई परिवर्तनका लागि प्रधानमन्त्री भएको बताएका छन्। उनले प्रतीपक्षी नेपाली कांग्रेसले पनि आफ्नो पक्षमा मत दिन सक्ने बताए।

‘मेरो विगत र वर्तमान जे हेरे पनि अविश्वास गर्नु पर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रतीपक्षमा बसे पनि सरकारलाई समर्थन गर्न सकिन्छ। हाम्रै पार्टीले प्रदेश नम्बर दुईमा प्रतीपक्षमा बसेर पनि सरकारलाई विश्वासको मत दिएको छ।’

आफूले बोलेका हरेका कुराको जवाफदेहिता लिने बताउँदै प्रधानमन्त्री ओलीले थपे, ‘मैले बोलेका हरेक कुरा प्रति म उत्तरदायि छु ।’ उनले देश बनाउनको लागि नै घोषणा पत्र बनाइएको बताउँदै घोषणा पत्रमा लेखिएका सबैकुरा पूरा हुने बताए । उनले प्रतिपक्षले खवरदारी गरेर सरकारलाई सचेत गराउँछु भन्ने कुरालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।

प्रचण्डले के भने ?

माओवादी अध्यक्ष प्रचण्डले जनता भाषण नभई एक्सन चाहेको बताएका छन्। आइतबार प्रधानमन्त्री ओलीमाथि विश्वासको मत दिनु अघि प्रतिनिधिसभाको बैठकका बोल्दै उनले सो कुरा बताएका हुन्।

सम्बोधन गर्दै उनले जनताले देश विकासका लागि सुशासन शान्ति र स्थिरतामा एक्सन चाहेको बताएका हन्। ‘आम नेपाली जनताले पहिलादेखि नै अब केही हुन्छ कि भन्दै आशा राखेका थिए। तर त्यो आशा मात्र आशा भयो। जनता सधैँ निराश भए,’ उनले भने ‘त्यसैले अब हामी इतिहासको नयाँ मोडमा आएका छौं र जनतालाई परिणाम दिने ठाउँमा आइपुगेका छौं।’

‘सरकारले संकल्प गरेका प्रतिबद्धता जति पनि छन्। अहिले त्यो एउटा ठूलो अवसर हो पुरा गर्नको लागि,’ उनले भने सरकारले अब जनताको भरोसालाई ध्यानमा केन्द्रीत राखी आफ्नो प्रतिबद्धता कायम गरोस् भन्ने उनले ध्यानाकर्षण गराए।

वाम गठबन्धनले मुलुकमा शान्ति र समृद्धि ल्याउने सपना बाँडेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि कामै गरेर देखाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले सरकारले सुशासन, समृद्धि र विकासका लागि कठोर कदम चाल्नपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले ओली नेतृत्वको सरकारमाथि ठूलो भरोसा गरेको पनि स्मरण गराए। उनले बोक्सीको आरोपमा कुटिएकी चेलीलाई तत्काल न्याय दिन पनि सरकारलाई अनुरोध गरे।

Loading...