मलेसियामा ४७ जना श्रमिक नेपाली पक्राउ, यस्तो छ कारण

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तर्गत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । […]

३ किलो सुन बोकेको १ लाख ५० हजार आम्दानी !

काठमाडौं । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपुर्याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ । यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लियो । रसुवागढी–केरुङ नाकाबाट सुन भित्रिएको भन्ने सुराक पाएर महानगरीय प्रहरी परिसर काठमाण्डुको विशेष […]

एसिया कप क्रिकेट: फाइनलका लागि पाकिस्तान र बंगलादेश भिड्दै

काठमाडौं । यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश […]

अन्तिम चार मिनेट जोगिन नसक्दा बायर्नले अंक बाँड्यो

काठमाडौं ।  डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा अग्सवर्गसँग १-१ गोलको बराबरी खेलेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्नले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । अघिल्ला चार खेलमा लगातार जित निकालेको बायर्न अग्सवर्गसँग भने रोकिएको हो । पहिलो हाफमा दुबै टिमले बराबरी खेलेका थिए । खेलको […]

अवैध ३ किलो सुनसहित दुर्इ जना पक्राउ

काठमाडौं, ९ असोज । रसुवाको केरुङ्ग नाक भएर काठमाडौँ सुन तस्करी भैरहेको फेरि प्रमाण फेला परेकाे छ छ । महानगरीय प्रहरी परिषद काठमाडौँले ३ केजी सुन सहित २ जनालाई पक्राउ गरेपछि यसकाे पुष्टि भएको हाे । महानगरीय प्रहरी परिषद काठमाडौँले मंगलवार पत्रकार सम्मेलन गरी बरामद गरिएको सुन तथा पक्राउ परेकालाई सार्वजनिक गरेको छ । विशेष […]

४९ दिनपछि रिहा भए प्रकाण्ड, काठमाडौंमा भव्य स्वागत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता ‘प्रकाण्ड’ रिहा भएका छन् । गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड आज ४९ दिनपछि रिहा भएका हुन् । सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिएपनि प्रहरीले भने उनलाई सर्वोच्च परिसरबाटै ४ पटक गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो । रिहालगत्तै नेकपा कार्यकर्ताले […]

नेप्सेमा दोहोरो अंकले वृद्धि, कारोबार एक अर्ब नाघ्यो

काठमाडौँ, ९ असोज । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से परिसुचक साताको तेस्रो दिन मङ्गलबार दोहोरो अंकले वृद्धि भएको छ। नेप्सेसँगै कारोबार रकममा सुधार आएको छ। बजार परिसुचक २२ दशमलब ३७ अंकले वृद्धि भई १ हजार २ सय ८० दशमलब ५ बिन्दुमा पुगेको छ। बजार परिसुचक अघिल्लो दिनको तुलनामा १ दशमलब ७८ प्रतिशतले […]

भारतीय नागरिकलाई मार्ने हेलिकोप्टरलाई यसरी झुन्डयाएर सजाय दिइयो

हुम्ला, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट पुर्‍याइएको छ। मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। २९ साउनमा हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको […]

धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द

रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो । लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ […]

निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले […]