दीपेश पुनलाई ८ दिन हिरासत

काठमाडौं, ४ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ। अदालतले गत शुक्रबारदेखि लागू हुने गरी पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरी प्रधान कार्यालयले मुद्दा अघि बढाउन विमानबाट रुपन्देही पठाएको थियो। जीबी भन्ने […]

बौहिनिया बोकेर साहित्य आकाशमा उदाए गुणराज पोखरेल

काठमाडौं । जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा प्रकाशन गरेको नाट्य कृति ‘बौहिनिया’ को नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि रहेका […]

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

भक्तपुर, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।  उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको […]

आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित

 भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । […]

नेपालमै पहिलोपटक ‘MRCP UK PACES’ परीक्षा मेडिसिटीमा

अनिता श्रेष्ठ, ललितपुर । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला र अभ्यासको परीक्षण गन{ डिजाइन गरिएको यो परीक्षा अन्तराष्ट्रिय स्तरको प्रोफेशनल मान्यता प्राप्तिमा महत्वपूर्ण मानिन्छ । परीक्षा फागुन २२, […]

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम खेलका वडा नं. १ लाई २–१ ले हराउँदैं अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा […]

दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक भवनको बुधवार आयोजित विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख […]

मध्यपुर थिमिमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको हो । अस्पतालमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र […]

२९ लाई कर्पोरेट बिजनेश अवार्ड

काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल हायात प्लेसमा १६औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र […]

यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले जनाएका छन् लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य […]