पारिश्रमिक नपाएपछि परीक्षा बहिष्कार, ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित

सञ्जय मिश्रा, रौतहट । लामो समयदेखि अनेक विवादको घेरामा रहेको रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले तलबको लागि बार्षिक परीक्षा बहिष्कार गरेपछि ६ हजार विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन्।शिक्षकको बहिष्कारको कारण नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका बार्षिक परीक्षा दिनबाट वञ्चित भएका हुन्। नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा […]

नेपालमै पहिलोपटक ‘MRCP UK PACES’ परीक्षा मेडिसिटीमा

अनिता श्रेष्ठ, ललितपुर । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला र अभ्यासको परीक्षण गन{ डिजाइन गरिएको यो परीक्षा अन्तराष्ट्रिय स्तरको प्रोफेशनल मान्यता प्राप्तिमा महत्वपूर्ण मानिन्छ । परीक्षा फागुन २२, […]

१४ वर्षिया शालीनको आत्महत्या नभई बलात्कार पछि हत्या भएको किटानी जाहेरी

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा मृत फेला परेकी छात्रा शालीन पोख्रेलका अभिभावकले हत्या भएको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १४ वर्षिया शालीन गत १२ गते होस्टलमा आत्महत्या गरेको अवस्थामा फेला परेकी बताएको भएपनि शालीनका परिवार त्यो मान्न तयार छैनन् । विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, […]

सिटिइभिटिमा ३५ दिनदेखि कर्मचारीको आन्दोलन

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको आह्वानमा सिटिइभिटिका कर्मचारीहरु आन्दोलनमा रहेका छन् । पदपूर्ति लगायत विविध मागहरू राखि उनीहरु धर्नामा बसेका हुन् । […]

भिषासम्बन्धी सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टको १८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौंको धोवीधारास्थित गुडविल कन्सल्ट प्रा. लि.ले संचालनको १८ औ बसन्त बिताएको छ । बिहीवार गुडविलले आफ्नो १८ औं बार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक प्रविण शाहीले शैक्षिक भिषाका साथै बिभिन्न भिषासम्बन्धी परामर्श, आवेदन र डकुमेन्टेशन लगायतको सेवा प्रवाह गर्दै आएको गुडविलले पेशागत इमान्दारिता र पारदर्शिता प्रदर्शन गरी सेवाग्राहीको मन जित्न सफल […]

भक्तपुर ईप्सन कप -२०८० सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला स्तरीय अन्तर विद्यालय ईप्सन फुट्सल कप समापन भएको छ । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ गतेबाट  सुरु भई १० गते प्रतियोगिता आज सम्पन्न भएको हो। उक्त प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ । […]

त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।   उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले  तीनजनाको सिफारिस गरेकोमा  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।  

प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन […]

देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम […]

मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सिजन-१ सम्पन्न

सूर्यविनायक  नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल घोषित भएका छन् । विद्यालयले पहिलोपटक […]