सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी

nepal army HQ

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु. ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]

बर्दीवासमा १२ करोड गुमेपछि ६६ लाखको चर्चा

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ। आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन  ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो। अचम्म त काँहानिर […]

२९ लाई कर्पोरेट बिजनेश अवार्ड

काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल हायात प्लेसमा १६औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र […]

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

visit bharatpur

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]

भान्सामा प्रयोग हुने मसाला जिराको भाउ ह्वात्तै घट्यो : चिनी, दाल र तेलको मुल्यमा पनि गिरावट

भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो । ५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय रुपियाँ प्रतिकेजीमा कारोबार हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । जिराको धुलो अहिले प्रतिकेजीमा ४ सय रुपियाँ घटेर […]

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ

banker neupane

ऋण प्रवाहमा दुरुपयोग गरेको आरोप लागेका सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन् । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ समेत हुन् । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका बताइएको छ । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो। प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ […]

बिषादी मुक्त बन्दै हरिवन नगरपालिका, जैविक बिषादीबाट उत्पादन बढेपछि किसान उत्साहित

mayor kamal budhathoki harion

भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको कृषि सिकाइ केन्द्रले कृषकको मन जितेको धेरै भएको छैन । छोटो अबधिमा किसानले प्राप्त गरेका प्रांगारिक मल उत्पादन र उपयोग हेर्दा “बिषादी मुक्त हरिवन नगरपालिका ” भन्ने नारा सार्थकता तर्फ उन्मुख भएको देख्न सकिन्छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र […]

प्रदेश र स्थानीय तह बलियो बनाउँदै प्रधानमन्त्री, ३ करोडसम्मका योजना सङ्घमा नराखी तल पठाइने

काठमाडौं, १२ फागुन २०८० । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताएका हुन । […]

काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की दिने दुई व्यक्ति नक्कली सावित भएपछि प्रहरीको फन्दामा परेका छन् । बुधवार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ०५ घसिलामार्गमा […]