जब हतकडी बने लगाएका पाउजु र चुराहरु

गजल सबै बकवास लाग्याे उसलाई प्रेमका कुराहरु जब हतकडी बने लगाएका पाउजु र चुराहरु मर्नलाई प्राण नै उड्नु नपर्नेरहेछ बुझ्दैछु ज्यानमारा भएपछि सम्झनाका छुराहरु समाजसेवाकाे झ्याली पिटिदैछ बजारमा  कठै ! भन्दै दयाकाे पात्र बनाइए टुहुराहरु मुटुकाे छानाे चुहिएर अाँखाबाट खसेछु म पलाउँदै थिए ,चुँडिए जीवनका अाँकुराहरु

सुन्तलीका पसिनाहरू

सुन्तली मेरो देशको सुन्दर कलाकार मलाई लाग्छ गर्व उनीसँगै नाचीरहेकी हुन्छु म चन्द्रधर र गोकुल जस्तै श्रमजिवी उनीहरू तालुमा नाम्लो लगाएर पिठ्यूँभरी ढुङ्गा बोकेर मानवका लागि घर बनाइरहेछन् म र मसँगै घुमिररहने हावाहरू अर्काका कुरा काटेर समय बिताइरहेछौँ । कस्तो मानवता हाम्रो ? वा ! मेसिन झैँ क्रियाशील ुुुसुन्तलीका जोडीहरू युगलाई मानव निर्मित बनाउँदैछन् यता […]

त्यो वेणी कब्जा गरेको दिन

जङ्ग मन अजङ्ग शरीर बनाएर मुक्तिसेनाका लाल सिपाहीहरू धौलागिरि हिमाल चढ्दा रुप्से टक्क रोकिएको दिन कालीगण्डकी सललल बगेको दिन हो आमा त्यही हो वेणी कब्जा गरेको दिन । जनताको महासागरसँग लालसेना मानवबम बनेको दिन कविको कलम बन्दुक बनेको दिन कविता गोली बनेको दिन काली र म्याग्दीको सङ्गम रणभूमि बन्यो ऐतिहासिक कखमा धौलागिरिको भीमकाय धक्का गएको […]

तिमी नै भन म के लेखौं?

खै के लेखौं, माया, विछोड, अपनत्व वा तिरस्कार, अभाव, पिडा, दुख वा चित्कार, वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू, तिमी नै भन म के लेखौं? असंख्य विषयको रासमाथि उभिएर, न त कुनै विषय नै छ लेख्नलाई बाँकी, न सोच्न सक्छ केही खाली दिमागले, यस्तै शुन्यता र अन्यौलमा वसेर, तिमी नै भन म के लेखौं? साउने झरीको […]

स्मृति बल्झिरहने घाउ सम्झि गजल लेखे

आफु जन्मि हुर्किएको गाँउ सम्झि गजल लेखे स्वर्गभन्दा पनि सुन्दर ठाँउ सम्झि गजल लेखे ।। सधैसधै याद आउने अतित अनि वालापनको स्मृति भई बल्झिरहने घाउ सम्झि गजल लेखे ।। काले आइजा खेलौ भन्थ्यो स्कुलपछि धनेले नि साथी भाईले बोलाउने नाँउ सम्झि गजल लेखे ।। बाउआमाको आँखा छल्दै करेसामा निस्किएर जुत्ता नलाई दौडिएको पाउ सम्झि गजल […]

फूलमा पनि त बिष हुन्छ होईन र

कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ? मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ? भन्न त तिमीले नि भन्छौ म छु सधै तिम्रो लागि तर आफ्नाबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ? हुन त चोकचोकमै छन अहिंसाका पक्षपातीहरू यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ? सधै […]

मेरो गुरु को ?

हिमालचन्द्र बराल हिजो रुनुको अर्थ नबुझ्दै रुँदै जन्मिएको थिएँ म आज मलाई आँसुको मर्म सिकाउने को ? हिजो कारण बिना रुन्थें मलाई अमृतधारा पिलाएर आमाले फुल्याउनुहुन्थ्यो विना कारण हाँस्थे म बाबाको मुहारमा खुशीको गुँरास झुल्थ्यो आज मलाई खुसी हुन कारण चाहिन्छ अनि रुनको लागि पनि कारण चाहिन्छ यसरी कारण सिकाउन खोज्ने को ? हिजो सबैकासामु […]

पुष्पलाल

भँगेरीको यात्रापछि मन बदलिन्छ लुङ्ग्रीहरू नसा नसाभएर शिक्षा भएर उठ्छन् एकाविहानै पुष्पलाल भएर ! कम्मर कसेर काव्यिक यात्रामा भेलाभएकाहरू काव्य सुनाउन आतुर देखिन्छन् कविहरू ! काव्यिक मार्च गरेर दुनै , खारा र बेनीहरू हामीसँगै उठेकाछन् ! पहाड प्रहार गर्छ मुटुमा कठोर कुहिरा छिचोल्दै हाम्रो यात्रामा गुडिरहेछौँ सैपाल र घुर्चीका जँघारमा आँसु पगालेर प्यूँछौँ प्यास मेटाउन […]