ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत […]

जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी

जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ। बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था पछिल्लो समयमा भन्दा धेरै जोखिममा रहेको तथ्याकं प्रस्तुत गरियो। करिव एकलाखको हाराहारीमा रहेका नेपाली मध्ये वार्षिक एक दर्जन बढीको अकालमा मृत्यु हुने तथा उत्ति नै सख्यामा लामो समय उपचारका लागि अस्पताल भर्ना हुने गरेको […]

जापानमा सुगा नया प्रधानमन्त्री हुने निश्चित

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त […]

जापानी प्रधानमन्त्री शिन्जो आवेले दिए पदबाट राजीनामा

टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।  जापानी सञ्‍जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको […]

मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अघिल्लो दिनको तुलनामा बढेको हो । टोकियोमा हालसम्म संक्रमित संख्या १८ हजार ८२ जना पुगेको छ । यस मध्ये ३४१ जनाको निधन भएको छ भने १४ हजार १५ जनाले स्वास्थ्य लिएको एनएचकेले जनाएको छ।

मंगलवार टोकियोमा ३०९ जनामा कोरोना संक्रमण

मंगलवार टोकियोमा ३०९ जना कोरोना संक्रमित भएको टोकियो महानगरपालिका कार्यालयले पुष्टि गरेको छ । केहिदिन यता टोकियोमा कोरोना संक्रमण बढ्दो क्रममा छ ।आज सम्म टोकियोमा कोरोना संक्रमितको संख्या १४ हजार २२ पुगेको जापानको लोकप्रिय संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो महानगरपालिका सरकारले सर्बसाधारणलाई अनावश्यक काममा हिडडुल तथा भिड्भाड नगर्न पनि अनुरोध गरेको छ ।

टोकियोमा आइतबार २९२ जनामा कोरोना संक्रमण पुष्टि

जापानको राजधानी टोकियोमा आइतबार कोरोना संक्रमितको संख्या २९२ जनामा पुष्टि भएको छ।अघिल्लो दिनको तुलनामा यो संख्या घटदो भएपनि शनिबार टोकियोमा संक्रमितको संख्या ४७२ पुगेको थियो । राजधानी टोकियोमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ ।अहिले सम्म टोकियोमा १३ हजार ४५५ जना संक्रमित रहेको एनएचके न्यूजले जनाएको छ ।

टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या उच्च

जापानको राजधानी टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार मात्र ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा जम्मा संक्रमितको संख्या १६ हजार १ सय ६३ जना पुगेको छ ।

जापानमा अछाम सरोकार मन्चको गठन

सुदुरपश्चिमको अछाम जिल्ला बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका अछामीहरुको समुह मिलेर ‘अछाम सरोकार मन्च’ जापानको गठन गरिएको छ । मन्च गठन गर्नुको उद्धेश्य जापानमा रहेर पनि अछामको बिकासका लागि जापानमा छरिएर रहेका अछामीबीच एकता गरी अछामको बिकासका लागि केही न केही योगदान पुर्याउने रहेको छ । विदेशि भुमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, […]

जापानबासी नेपालीका समस्या बुझ्न पत्रकार रवि लामिछाने जापान आउदै

चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने जापानका नेपालीका समस्या र समाधानका बिषयमा छलफल गर्न जापान आउने भएका छन । यही सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन बेलुकी ६ बजे टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘जापानका नेपालीका समसामयिक बिषयमा छलफल तथा बृहत अन्तर्कृया’कार्यक्रममा पत्रकार लामिछानेको बिशेष प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा […]